यी २९ निर्माण कम्पनी परे कालोसूचीमा, १ देखि ३ वर्षसम्म काम गर्न नपाउने

SOURCE: NEPALI PAISA 

 

नेपाली पैसा 
 
काठमाडौं : सरकारले २९ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै यी निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।
जसमा २ वटा निर्माण कम्पनीलाई ३ वर्ष, १५ निर्माण कम्पनीलाई २ वर्ष, ४ निर्मण कम्पनीलाई डेढ वर्ष, ४ निर्माण कम्पनीलाई १३ महिना र अन्य ४ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ । कालोसूचीमा परेकाहरु सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रकृयामा भाग लिन पाउँदैनन् ।

https://www.nepalipaisa.com/news-detail/72367

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top