उन्नति सहकार्य लघुवित्तको यस्तो छ वित्तीय अवस्था

काठमाडौं : उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनी २ करोड १ लाख ७६ हजार रुपैयाँ घाटामा थियो ।
यसको खुद ब्याज आम्दानी ९.१३ प्रतिशतले बढेर १७ करोड ४४ लाख पुगेको छ । यस्तै, अघिल्लो वर्ष २ करोड ७१ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको कम्पनी अहिले २ करोड ७ लाख ६५ हजार रुपैयाँ सञ्चालन नाफामा रहेको छ । जस कारण मुनाफामा सुधार देखिएको हो ।
हाल यस संस्थाको चुक्ता पुँजी २४ करोड ६८ लाख ६५ हजार रुपैयाँको रहेको छ । यसको जगेडा कोषमा ८ करोड ९९ लाख रुपैयाँ जम्मा छ । यसअवधिसम्म आइपुग्दा यो लघुवित्तको प्रतिसेयर आम्दानी ५.८९ रुपैयाँ (वार्षिक) रहेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८१ पैसा ऋणात्मक रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १३६.१९ रुपैयाँ रहेको छ ।

https://www.nepalipaisa.com/news-detail/72441

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top