सूर्योदय वोमी लघुवित्तको कहिले बस्दैछ साधारण सभा ?

SOURCE: NEPALI PAISA

काठमाडौं : सूर्योदय वोमी लघुवित्तको भोलि शुक्रबार साउन ३२ गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले बोनस सेयर प्रस्तावसहित  सभा बोलाएको हो । सभामा थप सार्वजनिक निष्कासन (एफपीओ) पछि कायम ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँ चुक्ता पुँजीमा १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
तसर्थ, एफपीओ हात पार्नेले पनि प्रस्तावित बोनस सेयर पाउने भएका छन् । साधारण सभामा, नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गरी कम्पनीको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्वलाई प्रबन्धपत्रमा संशोधन गरी पुँजी संरचना परिवर्तन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
साथै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।
साधारण सभा, महालक्ष्मी नगरपालिका, लुभु ललितपुरस्थित लुभु पार्टी प्यालेस एन्ड क्याटेरिङ सेन्टरको सभाहलमा दिउँसो १२ः३० बजे सुरु हुनेछ । यसका लागि कम्पनीले साउन २४ गते बुक क्लोज गरिसकेको छ । साउन २३ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

https://www.nepalipaisa.com/news-detail/72533

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top