सुनको मूल्य ऐतिहासिक उचाईमा,एक ताेलाकाे कति ?

Source: Merolagani

भदाै २ गते, आईतबार सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेकाे छ । यसदिन सुन प्रतितोला तीन हजार रुपैयाँले बढेर ऐतिहासिक उचाईमा पुगेकाे हाे ।

 

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ६०० रुपैयाँमा खरिद बिक्री भईरहको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

गत साउन २९ गते मंगलबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँ थियो । उक्त सुनको मूल्यको उचाईलाई आज कायम मूल्यले ब्रेक गरेको हो ।

आज चाँदीको मूल्य पनि बढेको छ । यसदिन चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको हो । आज चाँदीको मूल्य प्रतितोला एक हजार ८१० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ७६० रुपैयाँमा खरिदबिक्री भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top