पाइपलाइनमा टन्नै छन् आइपीओ, के बुल रनमा आउने आइपीओले नेप्से इन्डेक्स नै बढाउने तागत राख्छ ?

Source: Nepali Paisa

काठमाडौं : सेयर बजार बुलिस रहेको समय आइपीओ आउनु बजारलाई निकै फाइदाजनक रहेको जानकारहरुले बताएका छन् । यस्तो समय आइपीओ पनि सहजै बिक्ने र सूचीकरणपछि भाउपनि बढ्ने हुँदा आइपीओले पनि बजार बढ्नमा केही सहयोग पुर्याउने उनीहरुको भनाई छ । त्यसो त, नेपालमा आइपीओ सूचीकरणपछि २-४ दिन सर्किट लाग्नेगरी बढ्ने गरेको छ । यद्दपि, सबै कम्पनीको सेयर सकारात्मक सर्किट लेबलमा नै कारोबार हुन्छ भन्ने पनि होइन ।
तर, १०० रुपैयाँ अंकित दरमा आइपीओ ल्याएका कम्पनीको बजार भाउ ३०० देखि ४०० प्रतिशतले सहजै बढ्ने गरेको देखिएको छ । त्यसमाथि, बजार बुलिस रहेको बेला उक्त दर झनै बढ्न सक्छ । चुक्ता पुँजी धेरै भएको कम्पनीको बजार भाउ बढ्यो भने त्यसको पुँजीकरणमा हिस्सा पनि बढ्ने गर्छ । जसले गर्दा नेप्सेको समग्र इन्डेक्सलाई पनि प्रभाव पार्न सक्छ । उदाहरणका लागि हिमालयन रिइन्सुरेन्सको बजार भाउमा घटबढ भयो भने नेप्से इन्डेक्सलाई पनि असर गर्छ ।
त्यसैगरी, धेरै चुक्ता पुँजी भएका कम्पनीहरुको मूल्यमा आउने उतारचढावले पनि बजारलाई प्रभाव पार्ने गरेको छ । त्यसैले, विभिन्न नयाँ कम्पनी बजारमा सूचीकृत हुँदा उनीहरुको भाउ बढ्यो भने नेप्से इन्डेक्सलाई पनि बढ्न मद्दत पुग्न सक्छ । तर, नेपाल धितोपत्र बोर्डले भने धेरै समयदेखि आइपीओ अनुमति दिएको छैन ।
बोर्डका प्रवक्ता एंव कार्यकारी निर्देशक डा.नवराज अधिकारीले सार्वजनिक लेखा समितिले दिएको निर्देशनलाई अक्षरशः पालना गर्न बोर्डमा परेका आवेदनका सबै फाइल अध्ययन गर्न थालिएको जानकारी दिए । उनले नेटवर्थ ९० भन्दा कम भएका कम्पनीलाई प्राथमिक सेयर जारी गर्न नदिने व्यवस्था नभएपनि लेखा समितिको निर्देशनले रोकिएको बताए । बोर्डमा आवेदन दिएका कम्पनीहरुको फाइलहरु अध्ययनकै क्रममा रहेकाले आइपीओ स्वीकृतिमा विलम्ब भएको उनले बताए ।
लेखा समितिले नेटवर्थ ९० भन्दा कम भएका कम्पनीलाई प्राथमिक सेयर जारी गर्न नदिन निर्देशन दिएकाले पनि बोर्डले ठोस निर्णय गर्न नसकेको हो । समितिले त्यस्ता कम्पनीलाई सेयर निष्कासन गर्न दिँदा सर्वसाधारण लगानीकर्ता अत्याधिक जोखिममा पर्न सक्ने भन्दै त्यस्तो अवस्था आउन नदिने गरी कार्य सम्पादन गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो ।
तर, बोर्डले अनुमति नदिंदा कम्पनीहरुले आइपीओ बिक्री गरेर पुँजी संकलन गर्न र लगानीकर्ताले नयाँ कम्पनीमा लगानी गर्न पाएका छैनन् । सेयर बजारका जानकार तथा विश्लेषक मुक्ति अर्यालले बजार बुलिस रहेको बेला आइपीओ आयो भने मार्केटले सजिलै सब्सक्राइब गर्ने बताउँछन् ।
उनले भने, ‘बजार बढेको बेला आइपीओ आयो भने इन्डेक्स बढ्नलाई पनि मद्दत गर्छ । घटेको भन्दा बढेको बेला मार्केटले सजिलै पचाउँछ । लगानीकर्ताले पनि स्वागत गर्छन् । यस्तो बेला कम्पनीलाई पनि राम्रो हुन्छ ।’ त्यसो त, बजार बढेको बेला सक्रिए लगानीकर्ताको संख्या पनि धेरै हुन्छ । आइपीओ बिक्री नहुने सम्भावना पनि निकै कम नै रहन्छ । जसले गर्दा नयाँ कम्पनीहरुल बजारमा प्रवेश गर्न खोज्छन् । र, लगानीकर्ताहरुले पनि नयाँ क्षेत्रका कम्पनीमा लगानी विविधिकरण गर्न पाउछन् ।
तर, बजार बढेको बेला केही खराब वित्तीय अवस्था भएका कम्पनीहरुको बजार भित्रिने सम्भावना पनि रहन्छ । यद्दपि, नेपालको बजारमा खराब कम्पनी जुनसुकै बेलापनि बजार प्रवेश गरेको जानकारहरुको भनाई छ  । नेपालमा आइपीओ बिक्री नभएको अवस्था एकात मात्रै छ । त्यसैले जस्तो कम्पनीको पनि साधारण सेयर बिक्री हुने गरेको छ ।
अर्यालले राम्रो वा नराम्रो कम्पनी जुन बेला पनि आएको बताउँछन् । उनले भने, ‘राम्रो वा नराम्रो भनेर छुट्याउने धितोपत्र बोर्डको काम हो । नराम्रो कम्पनी बुलिस मार्केटमा आउने अरु बेला नआउने भएको भए त्यो छुट्टै कुरा हुन्थ्यो । तर, जहिले पनि जस्तो पनि कम्पनी आएको हुँदा त्यसको खासै अर्थ हुँदैन ।’
आइपीओ अनुमति पर्खिरहेका कम्पनीहरुः
यस कारण आइपीओ अनुमतिमा हुँदैछ विलम्ब, नेटवर्थ ९० भन्दा कम भएका कम्पनीले अनुमति नपाउने नै हो त ?

https://www.nepalipaisa.com/news-detail/72920

All the Rights Belong TO Nepali Paisa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top