मन्त्रिपरिषद् बैठकले गरेका १८ निर्णय (सूचीसहित)

SOURCE: NEPALI PAISA 

काठमाडौं: मन्त्रिपरिषद्को गत विहिबार बसेको बैठकका निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् ।

बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राविधिक सहायताको रूपमा प्राप्त हुने २ मिलियन युरो गरी जम्मा २५ मिलियन युरो (करिव ३ अर्ब ६७ करोड ४७ लाख) बराबरको अनुदान  सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

जर्मनी सरकारबाट प्राप्त हुने १० मिलियन युरो (करीब १ अर्ब ४६ करोड ) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको ‘काठमाडौं–तराई-मधेश द्रुतमार्ग’ सडक आयोजनाको लागि अधिग्रहण गर्न बाँकी जग्गामा मुआब्जामा लाग्ने पुँजीगत लाभकर आर्थिक ऐन २०८१ को दफा १८(१) बमोजिम छुट दिन स्वीकृति दिने लगायतका निर्णयहरु गरेको छ । 

बैठकले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गरेको छ भने दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको बैठकका निर्णयहरु:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top