सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो

मंगलबार सुनको मूल्य स्थिर अवस्थामा छ भने चाँदीको मूल्य घटेको छ। यसदिन सुनको मूल्य सोमबार काराेबार भएकाे मूल्यमा नै स्थिर भएको हो। तर, चाँदीको मूल्य भने १५ रुपैयाँले सस्तिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ३७ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ।

यसदिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ६५० रुपैयाँमा किनबेच भईरहेको छ। सोमबार चाँदी प्रतितोला एक हजार ६६५ रुपैयाँमा कारोबार भएको थियो।

तोलामा दुई हजार ७ सय रुपैयाँले घट्यो सुन-GOLD

Source:Ekantipur

काठमाडौँ — स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा नै दुई हजार सात सय रुपैयाँले ओरालो लागेको छ ।

सोमबार तोलामा एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३५ हजार पाँच सय रुपैयाँमा निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा एक लाख ३७ हजार पाँच सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३४ हजार आठ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा ४५ रुपैयाँले गिरावट भएको छ । सोमबार प्रतितोला एक हजार सात सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ६० रुपैयाँ निर्धारण भएको छ ।

Video Source: BBC Nepali

Chart

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

नेपाली बजारमा सुनको स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रहदै शुक्रबारकै १ लाख ३९ हजार ३०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मुल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार चाँदी तोलाको १७ सय २० मा कारोबार भएको थियो ।

Resize text
Scroll to Top