प्रि ओपन सेसन अपडेटः करिब १ अंक बढ्यो नेप्से

Source: Merolagani

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १९.५६ अंक घटेर १९७२.१४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७७ अंक बढेर १९७२.९२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९२ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा २९ स्टकको १४ लाख २४ हजार ७७८ रुपैयाँबराबरको २ हजार ६४८ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ९ स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

Resize text
Scroll to Top