चीनकाे अर्थतन्त्र पहिलाे त्रैमासमा अपेक्षा भन्दा धेरैले बढ्याे

Source:Merolgani

कोरोना संक्रमणकालपछि चीनको आर्थिक अवस्था झन् बिग्रदै गएकाे छ । चीनमा घरजग्गा क्षेत्रमा पनि ठूलो गिरावट देखिएको छ । जसको दबाब चीनको बैंकिङ प्रणालीमा परेकाे छ ।

यसैबीच,मुद्रास्फीतिमा भएको वृद्धि र निर्माणमा कमजोरीले ड्र्यागनको चिन्ता बढाएको छ। तर, चीनले आफ्नो अर्थतन्त्र बलियो बनाउन कैयाैं कडा कदम चालेको छ । जसकाे प्रभाव अर्थतन्त्रमा देखिएकाे छ ।

यद्धपि चीनको अर्थतन्त्रले २०२४ काे पहिलो त्रैमासमा सोचेभन्दा राम्रो प्रदर्शन गरेको बताइएको छ । आधिकारिक तथ्याङ्क अनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्र जनवरी-मार्च त्रैमासमा ५.३ प्रतिशतको वार्षिक दरले वृद्धि भएको छ । विश्लेषकहरूले पहिलाे त्रैमासमा करिब ४.६ प्रतिशतकाे वृद्धि दर रहने अनुमान गरेका थिए । तर उक्त अनुमान भन्दा याे बढी हो । अघिल्लो त्रैमासको तुलनामा चीनकाे वृद्धिदर १.६ प्रतिशतले बढेको छ ।

राष्ट्रिय तथ्याङ्क ब्यूरोको तथ्याङ्कले पनि पहिलो त्रैमासिक खुद्रा बिक्री वृद्धि पनि सार्वजनिक गरेकाे छ ।चिनियाँ उपभाेक्ताहरूकाे विश्वास मापन गर्ने खुद्रा बिक्री दर ३.१ प्रतिशतमा झरेको छ।

सोही अवधिमा सम्पत्ति लगानी दर पनि ९.५ प्रतिशतले घटेको छ । यस दरले चीनका घर जग्गा फर्महरूले सामना गरिरहेकाे चुनौतीहरूलाई दर्शाउँछ।

सन् २०२४ को लागि पनि ठूलो लक्ष्य 

चीनले सार्वजनिक गरेको तथ्यांक अनुसार पहिलो त्रैमासमा वार्षिक आधारमा औद्योगिक उत्पादन ६.१ प्रतिशतले बढेको छ भने खुद्रा बिक्री दर वार्षिक ४.७ प्रतिशतले बढेको छ । नीति निर्माताहरूले चीनको अर्थतन्त्रलाई बढावा दिन कैयाैं वित्तीय र मौद्रिक नीति उपायहरू अपनाएका छन्। चीनले सन् २०२४ का लागि पाँच प्रतिशतको महत्वाकांक्षी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि लक्ष्य राखेको छ।

जनसंख्या घट्नु चिन्ताको विषय 

एकातिर चीनको अवस्था राम्रो हुँदै गइरहेको छ । अर्कोतर्फ,मुलुकको घट्दो जनसंख्या चिन्ताको विषय बनेको छ । सन् २०२३ मा चीनको जनसङ्ख्या १ अर्ब ४१ करोडबाट घटेर १ अर्ब ४० करोडमा झरेकाे छ । संयुक्त राष्ट्र संघको प्रक्षेपण अनुसार सन् २०५० सम्ममा चीनको जनसङ्ख्या घटेर १ अर्ब ३१ करोड पुग्नेछ । त्यसपछि २०५०सम्म यो करिब ८० करोडमा झर्नेछ।यसको प्रभाव विश्वभर देखिनेछ। जनसंख्या परिवर्तनले ‘विनाशको चक्र’ निम्त्याउन सक्छ जहाँ एउटा आर्थिक अवस्थाले नकारात्मक प्रभावहरू सिर्जना गर्छ। कम उत्पादकत्वले विशेष क्षेत्रहरूमा उत्पादनलाई असर गर्न थालेपछि चीनले ती उद्योगहरूमा माग पूरा गर्न आयात बढाउन बाध्य हुन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top